२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा कृषि यन्त्र उपकरण वितरण

खबर सम्बाददाता २५ पुष २०८०, बुधबार
लालझाडीमा कृषि यन्त्र उपकरण वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयले तीन वटा कृषक समूह र एउटा कृषि सहकारीलाई कृषि यन्त्र उपकरण वितरण गरेको छ । वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गहुँ पकेट विकास कार्यक्रमको सशर्त अनुदानतर्फ एक एक थान पावर टिलर र सिँचाइ पाइप, तीमध्ये एउटा कृषक समूह र एउटा सहकारीलाई पाँच पाँच थान इलेक्ट्रिक स्प्रे ट्याङ्की तथा दुई वटा कृषक समूहलाई इलेक्ट्रिक मोटर वितरण गरिएको कृषि शाखाका प्रमुख दशरथ साउँदले बताउनु भयो ।

करिब रु. दश लाख रकममा खरिद गरिएका ती सामग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो । बुधबार गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, कृषि शाखाका कर्मचारी लगायतको उपस्थितिमा सम्बन्धित कृषक समूह र सहकारीलाई ती सामग्री हस्तान्तरण गरिएको बताइएको छ । कृषि यन्त्र उपकरण प्राप्त गर्ने लाभग्राहीहरूमा दोदा साना किसान कृषि सहकारी संस्था लिमिटेड, भकुण्डा कृषक समूह, चमेली महिला कृषक समूह र डौनाबेबरी कृषक समूह रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin