२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा गाउँ सभाको १५ औँ अधिवेशन

खबर सम्बाददाता २५ पुष २०८०, बुधबार
लालझाडीमा  गाउँ सभाको १५ औँ अधिवेशन

कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयले गाउँ सभाको १५ औँ अधिवेशन सुरु गरेको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बुधबारबाट सुरु गरिएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको चालुआर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ ।

त्यसैगरी विधायन समितिका संयोजक पहल बहादुर थापाले प्रस्तुत गर्नुभएको लालझाडी गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) प्रतिवेदनमाथि छलफल तथा पारित गरिएको छ ।


यसका अतिरिक्त गाउँपालिकाका विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिनुभयो । अधिवेशनको सहजीकरण लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गर्नुभएको थियोे ।

सो अधिवेशनको पहिलो बैठकमा सभाका सदस्यहरूले आआफ्ना प्रश्न, जिज्ञासा, धारणा तथा सुझाव राख्नु भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तिनीहरूको जवाफ दिनुभएको थियोे ।

अधिवेशनको दोस्रो बैठकका लागि अर्को दिन सूचना गरिने अध्यक्ष निर्मल रानाले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin