३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बेलौरीमा दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सुरु

खबर सम्बाददाता ९ चैत्र २०८०, शुक्रबार
बेलौरीमा दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सुरु

कंचनपुरको बेलौरी खुल्ला मञ्चमा “आफ्नो साँस्कृतिक आफैं बचाउ” भन्ने मुल नारा सहित  रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगरको आयोजना नेपाल रानाथारु समाज,थारु कल्याणकारीणीको सहकार्य एवं बेलौरी नगरपालिका कार्यालयको प्रबर्द्धनमा दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ।

रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना भएको रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितीका अध्यक्ष सुरेश कुमार बडायकले जानकारी दिनुभयो।

कार्यक्रमको सभापतित्व रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिका अध्यक्ष सुरेश कुमार बडायक,प्रमुख अतिथि नेपाल सरकारका पुर्व बन मन्त्री एवं नेकपा एमाले नेता नारदमुनी राना,बिशिस्ट अतिथीमा संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,संविधान  सभा सदस्य कृपाराम राना, पुर्व राष्ट्रिय सभा सदस्य इन्दु कडरिया,अतिथिमा बेलौरी नगरपालिका नगर प्रबक्ता हर्कबहादुर भुल, नगरपालिकाका जनप्रतिनिधि लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको युवा पुस्तामा साँस्कृतिक बचाउनका लागि जोड दिनुपर्नेमा जोड दिएका थिए।रानाथारु समुदायले होलि लाई प्रमुख चार्डपर्वका रूपमा मनाउने गरेको छ।

कार्यक्रममा बेलौरी नगरपालिका भित्र बाट १६ टिमले होलिमिलन कार्यक्रममा नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यक्रमका नगर भलमन्सा बेलौरीका सल्लाहकार संयाेजक रामलाल रानाले जानकारी दिनुभयो।

कार्यक्रममा मोडल तथा पत्रकार नरेश राना , चर्चित कार्यक्रम संचालिका श्रीशा राना , गायिका सीता रानालाई सम्मानित भएका हुन ।

कार्यक्रममा झाँकी प्रदर्शन, रानाथारु समुदायको पहिरनमा सजिएर हाेली नाच प्रदर्शनी गरिएको थियो।कार्यक्रममा कञ्चनपुरका रानाथारुका कलाकारहरुलाई सम्मान गरिएको अध्यक्ष बडायकले जानकारी दिनुभयो ।कार्यक्रमको सञ्चालन रेशम चौधरी र श्रीशा रानाले गर्नुभएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin