३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

सामाजिक विकृति र लागू औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १२ चैत्र २०८०, सोमबार
सामाजिक विकृति र लागू औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवरिया गाउँ समितिको आयोजना , RACC-DF र URPAG को सहकार्य र भलमन्सा जगन्नाथ रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारु , विशिष्ट अतिथी धनगढी-७ का निवर्तमान वडा अध्यक्ष , RACC-DF का अध्यक्ष तथा गायक नारायन राना, UPRAG का अध्यक्ष रबि राना , समाजिक अभियन्ता भोजराज राना , गायिका लक्ष्मी राना , गायक रामदेव राना , वडा सदस्य , शिक्षक , पत्रकार , स्थानीय , समाजसेवी , बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

हामीले आफ्नो क्षेत्रमा रहेका समाजिक विकृति र लागू औषध न्यूनीकरण कसरी गर्न सक्ने भनेर जनचेतनामुलक मन्तव्यहरु रहेका थिए । कार्यक्रममा संस्कृति सहित चेतनाको विकास हुनुपर्ने भनेर वक्ताहरुको भनाई रहेको थियो । हामीले देवरिया गाउँबाट सुरुवात गरेका छौ । यस्तै जनचेतनामुलक कार्यक्रमहरु कैलाली कंचनपुरमा सुरुवात गर्नुपर्छ भनेका हुन ।

कार्यक्रममा जनचेतनामुलक वक्तालाई र कलाकारलाई सम्मान गरेका हुन ।कार्यक्रम संचालन सुरज रानाले गरेका हुन ।

होरी मिलन कार्यक्रम सांस्कृतिक कार्यक्रम सबैले आयोजना गर्छन तर अब रानाथारुलाई जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ भनेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin