कंचनपुरको लालझाडी गाउँपालिका स्थित वडा नं २ को प्राङ्गणमा समाजिक विकृति और लागू औषधके समाजमे जडसे हए नोचन ,
संस्कृति इकल्लो नाए अब शिक्षा घैन फिर हए आपनके सोचन ,, भन्ने मुल नाराका साथ तेस्रो खखडेहरा महोत्सव २०८० चैत २७ गते मंगलबार लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना र राना कला संस्कृति संरक्षण तथा विकास मञ्च (RACC-DF) सहकार्यमा हुने बताएका छन ।
संस्कृति बचाउन मात्र नभएर सामाजिक विकृति र लागू औषधको विरुद्ध शिक्षामा जोड दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना हुँदै छ । कार्यक्रममा रानाथारुको होरी नाच , स्थानीय तथा राष्ट्रिय कलाकार र सामाजिक अभियन्ताको उपस्थिति रहने भनेर कार्यक्रम संयोजक जगदीश रानाले जानकारी दिएका हुन ।