७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

खखडेहरा महोत्सव लालझाडीमा सम्पन्न

खबर सम्बाददाता २८ चैत्र २०८०, बुधबार
खखडेहरा महोत्सव लालझाडीमा सम्पन्न

कंचनपुरको लालझाडी गाउँपालिका स्थित वडा नं २ को प्राङ्गणमा समाजिक विकृति लागू औषधके समाजमे जडसे हए नोचन ,संस्कृतिके संगए पढाई घैन फिर हए सोचन ,, भन्ने मुल नाराका साथ तेस्रो खखडेहरा महोत्सव २०८० भव्यताका साथ सम्पन्न भएको थियो।

कार्यक्रम मा सभापति खखडेहरा महोत्सव का अध्यक्ष जगदीश राना रहेका थिए। प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका उपअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, नेपाल राना थारु समाज की जिल्ला अध्यक्ष प्रेमवती राना, राना कला संस्कृति संरक्षण मञ्च का अध्यक्ष नारायन राना, लालझाडी भल्मन्सा संयोजक अति राम चौधरी ,कार्यपालिका सदस्य,जनप्रतिनिधि , भलमन्सा,कलाकार,पत्रकार ,प्रशासन को उपस्थिति रहेको थियो ।

चैत २७ गते मंगलबार लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना र राना कला संस्कृति संरक्षण तथा विकास मञ्च (RACC-DF) सहकार्यमा भएको थियो। संस्कृति बचाउन मात्र नभएर सामाजिक विकृति र लागू औषधको विरुद्ध शिक्षामा जोड दिने उद्देश्यका साथ राना कला संस्कृति संरक्षण तथा विकास मञ्च का अध्यक्ष नारायन राना ले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा लालझाडी गाउँपालिका भित्र रहेका मा. वि. विद्यालयका उत्कृष्ट तथा अनुशासित विद्यार्थीलाई कपि कलम र सामाजिक विकृति र लागू औषध विरुद्धको प्रीन्ट गरिएको एउटा टिसर्ट सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा रानाथारुको होरी नाच , स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति र शारदा मा .वि. ले लागू औषध विरुद्ध सडक नाटक पनि प्रस्तुत गरेको थियो । कार्यक्रम सञ्चालन श्रीषा राना ले सञ्चालन गर्नु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin