३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा ब्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपट

खबर सम्बाददाता १३ पुष २०७७, सोमबार
धनगढीमा ब्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपट

सोमबार साँझ धनगढीमा व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ। 

धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुटपाट गरेको पसल सञ्चालकले बताएका छन्।  

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताए।

सञ्चालक भट्टका अनुसार उनी किराना पसलमा थिए। छिमेकमा बस्ने एक किशोरी  पनि पसलमा हाजमोला किन्न आएकी थिइन्। त्यही बेला मोटरसाइकल ६ लेन सडकमा पार्क गर्दै एक युवक आए। 

उनले रिर्चाज मागे। रिचार्ज कार्डको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल राखे। 

किशोरी तर्सिएर घर फर्किइन। उनले परिवारका अन्य सदस्यलाई पसलमा भएको घटनाको बारेमा बताइन्। 

त्यतिबेलासम्म भट्टको पसलमा भएको रकम र रिचार्ज कार्ड लिएर युवक फरार भइसकेका थिए। 

अहिले घटना स्थलमा प्रहरी पुगेको छ। प्रहरीलाई भट्ट, प्रत्यक्षदर्शी ती किशोरी र अन्य छिमेकीहरुले घटनाक्रम बताउदैछन्। 

घटनापछि उनीहरु सबै त्रसित बनेका छन्। source:DK

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin