८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

भलमन्सा तथा चाकरहरुलाई सम्मान : लालझाडी

खबर सम्बाददाता २५ बैशाख २०८१, मंगलवार
भलमन्सा तथा चाकरहरुलाई सम्मान : लालझाडी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा पालिका अन्तर्गत भलमन्सा तथा चाकरहरुलाई लालझाडी गाउँपालिकाले सम्मान गरेको छ । सम्मान कार्यक्रममा लालझाडी गाउँपालिका भलमन्सा संयोजक अतिराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदन सेन बडाएक प्रत्येक वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा स्वागत मन्तब्य भलमन्सा समितिका उपाध्यक्ष भजोरा रानाले दिनु भएको थियो । कार्यक्रम मा लालझाडी भरी ६ ओटै वडा बाट भलमन्सा र चाकर को उपस्थिति रहेको थियो।विशिष्ठ अतिथि लालझाडी गाउँपालिका की उपा अध्यक्ष सपना चौधरी राना ले हामी निर्वाचित भए देखि हामीले सम्पूर्ण वडा लाई समान रूपले कार्यक्रम दिएर सञ्चालन गर्दै आएका छौं। तर यो कार्यक्रम हाम्रो पालिका मा प्रथम पटक भएकोले हामी प्रत्येक भलमन्सा लाइ ५ थान कुर्सी ,र चाकर लाई १ थान टर्च दिएर यस पालि सम्मान गरेका छौं। त्यसै गरी प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले यस भलमन्सा समिति को माग अनुसार यो पाली केही कमी भएको ले आउँदो वर्ष माग अनुसार को सम्मान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । लालझाडी गाउँपालिका को यो पहिलो कार्यक्रम भएको ले आउँदो वर्ष हामी एक अलग्गै किसिम ले कार्यक्रम लाग्ने छौ यो वर्ष को डाटा हेर्दा हाम्रो पालिका भरीमा जम्मा ४८ भलमन्सा र ३५ चाकर रहेको लालझाडी भलमन्सा समिति का उपाध्यक्ष मेघनाथ रानाले बताएका हुन ।

त्यसै गरी लालझाडी गाउँपालिका भलमन्सा समितिका संयोजक तथा यस कार्यक्रम को सभापति अति राम चौधरी ले लालझाडी गाउँपालिका संग आफू र आफ्नो समिति र लालझाडी भरी को भलमन्सा तथा चाकर लाई आवतजावत गर्न र बैठक मा आउने जाने सजिलो को लागी सम्बोधनबाट माग गर्नु भएको थियो । लालझाडी गाउँपालिका भलमन्सा समन्वय संघको आयोजना मा भएको थियो भने सहयोग लालझाडी गाउँपालिकाले गरेको थियो । कार्यक्रम श्रीशा रानाले सञ्चालन गरेकि हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin