कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५ औं नगर सभा नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा असार १० गते आयोजित १५ औं नगर सभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण बजेट अधिवेशनमा अध्यक्ष ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

कृष्णपुर नगरपालिका नगर उप-प्रमुख नगर सभाका उपाध्यक्ष द्रोपती रानाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि रु. ९७ करोड ५ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो ।