२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

निर्मल राना :लालझाडीको सबै वडामा तरकारी संकलन केन्द्र खोल्ने योजना बनाउदै

खबर सम्बाददाता १६ असार २०८१, शनिबार
निर्मल राना   :लालझाडीको सबै वडामा तरकारी संकलन केन्द्र खोल्ने योजना बनाउदै

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं २ कञ्ज गाउँमा हाट बजारको असार १४ गते शुक्रबार उद्घाटन भएको छ।

शंकरपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आयोजन र लालझाडी गाउँपालिकाको सहयोगमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शंकरपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष राम साय रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिका उपाअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष आशाराम राना , वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना र किसानहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा स्वागत मन्तब्य हाट बजार ब्यबस्थापन समिति का अध्यक्ष सोमनाथ राना ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विगत को दिन जस्तै किसान हरु तरकारी खेती गर्ने किसान लाई सहज होस साथै प्रतेक शुक्रबार हाट बजार लाग्ने हाट बजार ब्यबस्थापन समिति का अध्यक्ष रानाले जानकारी गराउनु भएको थियो ।

लालझाडी गाउँपालिकामा कृषि बजारी करण गर्न का लागि तरकारी ,फलफूल,माछा मासु जस्ता को हाट बजार द्वारा बजारीकरण गर्न सकिन्छ । साथै लालझाडी गाउँपालिकाका सबै वडामा तरकारी संकलन केन्द्र खोल्ने योजना बनाउदै छौ भनेर प्रमुख अतिथी लालझाडी गा.पा. अध्यक्ष निर्मल रानाले मन्तव्य व्यक्त गरेका हुन ।
कार्यक्रम रोजगार शाखाका संयोजक नरेश भट्ट ले सञ्चालन गर्नु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin