२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुनर्वासमा कानुन विपरित कर्मचारी राखिएकाे भन्दै विराेध, नियुक्ति बदर गर्न नगरपालिकामा निवेदन

खबर सम्बाददाता ७ श्रावण २०८१, सोमबार
पुनर्वासमा कानुन विपरित कर्मचारी राखिएकाे भन्दै विराेध,  नियुक्ति बदर गर्न  नगरपालिकामा निवेदन

 पनुर्वास नगरपालिकाले कानुन विपरित नियुक्त गरेका कर्मचारी हटाउन माग गर्दै स्थानीयले नगरपालिकामा निवेदन दिएका छन् ।

नगरपालिकाले कानून विपरित एक जना अहेव नियुक्त गरेको हो। नगरपालिकाले विज्ञापन नगरि अहेव पदमा देवी कुमारी तमाङलाई नियुक्त गरेको छ । पुनर्वास नगरपालिका–७ की तमाङलाई वडा नं. ९ स्थित परासन स्वास्थ्य चौकीमा काम गर्ने गरि नियुक्त गरिएको छ ।

‘मिति २०८१÷४÷२ गतेको निर्णयानुसार तपाईलाई अर्को व्यवस्था नभए सम्मका लागि यस पालिका अन्तर्गत वडा नं. ९ मा रहेको परासन स्वास्थ्य चौकीमा कामकाज गर्ने गरि खटाई पठाइएको छ,’ नगरपालिकाले तमाङलाई दिएको पत्रमा उल्लेख छ ।

नगरपालिकाले गरेको नियुक्त बदरको माग गर्दै पुनर्वासका १० जना स्थानीयले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएका छन् । ‘पनुर्वास नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा ऐन, नियमको बर्खिलाप गर्दै स्वास्थ्य शाखाले करार÷ज्यालादारीमा कर्मचारी गर्दै आएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ निवेदनमा उल्लेख छ ।

परासन स्वास्थ्य चौकीलगायतका संस्थाहरुमा गरिएका नियुक्तीलाई बदर गरि कानून बमोजिम सूचना तथा विज्ञापन गरि विधिवत रुपमा प्रक्रिया पुगाएर कर्मचारी भर्ना गर्न उनीहरुले माग गरेका छन् । कर्मचारी नियुक्ती बदरको माग गर्दै दिइएको निवेदनमा नारायण जैशी, दिलिप थापा, निराजन बस्नेत, अनिल विष्ट, रमेश मगर, नारायण राना, आशिष राना, प्रेम खाती, बिरेन्द्र सिंह ठकुरी, निर्मला विष्ट र नरेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

परासन स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विदेश गएकाले सेवाग्राहीको चापलाई मध्यनगर गरि ज्यालादारीमा एक जना अहेव नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए। ‘त्यहाँ कार्यरत कर्मचारी विदेश जानुभयो, त्यहाँ सेवा दिन समस्या भएपछि एक जना अहेव नियुक्त गरेका हौं,’ उनले भने, ‘नगर प्रमुख ज्यूको सल्लाह बमोजिम मासिक ज्यालादारीमा राखिएको हो ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin