३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना तथा थरुहट आन्दोलनबारे अभिव्यक्तिलाई सांसद रानाले ‘काउन्टर’ दिए

खबर सम्बाददाता २४ पुष २०७७, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना तथा थरुहट आन्दोलनबारे अभिव्यक्तिलाई सांसद  रानाले ‘काउन्टर’ दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना तथा थरुहट आन्दोलनबारे दिएको अभिव्यक्तिलाई सांसद नारदमुनि रानाले ‘काउन्टर’ दिएका छन्।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजित जनसभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सोही जनसभामा सम्बोधन गर्दै सांसद रानाले खण्डन गरेका हुन्।

राना भन्दा पहिलै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए। टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो। नक्कली मान्छे ल्याए, उचाले, जनताको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका। जनता–जनतामा विभाजन ल्याउन खोजे। अहिले पनि कतिपय थारु नेता जेलमा छन्। कसैलाई वारेन्ट होला। यी सबै हामीले हेरिरहेका छौ। पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले।’

तर प्रधानमन्त्री सो मञ्चमै आसीन रहेका बेला सांसद रानाले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने माग गरेका हुन्।

उनले अगाडि भने, ‘नेपालको संविधान बन्दै गर्दा टीकापुर घटना घट्यो। जुन नहुनुपर्ने थियो। न चाहदा नचाहदै घट्यो। म ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्न चाहान्छु।’

सो जनसभाको अतिथि सत्कार उपसमितिका संयोजक समेत रहेका रानाले टीकापुर घटनालाई पूर्व न्यायधीश गिरिशचन्द्र लाल आयोगले तयार पारेको प्रतिवेदनको आधारमा सम्बोधन गर्न समेत आग्रह गरे।

‘हामीले जनताको अधिकार प्राप्तिका लागि, जनताको हकहीतको लागि जनताले थुप्रै आन्दोलन गरेका छन्। राणा शासन पतन, पञ्चायती व्यवस्थाको पतनदेखि गणतन्त्रसम्म थुप्रै जनताहरुले सहादत प्राप्त गरेको छन्’, उनले थपे, ‘म सम्पूर्ण कैलालीवासीको तर्फबाट म प्रधानमन्त्री ज्यूलाई अनुरोध गर्न चाहान्छु, टीकापुर घटना राजनीतिक घटना हो। यसलाई कुनै जाति विशेषको आन्दोलनको रुपमा नभई समग्र नेपाली जनता तथा कैलालीवासीको अधिकारको लागि भएको आन्दोलनको रुपमा लिनुपर्छ। लाल आयोगको प्रतिवेदनमा टेकेर अन्यायमा परेका टीकापुरवासीलाई न्याय दिनुपर्छ।’

प्रधानमन्त्री ओलीको टीकापुर घटनावारे दिएको अभिव्यक्तिले असन्तुष्ट देखिएका ओली समूहकै सांसद राना कैलाली निर्वाचन क्षेत्र नं.५ बाट निर्वाचित सांसद हुन्। source :DK

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin