कञ्चनपुरको लालझाडी गाउँपालिकाद्धारा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयलाई १० सैया अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री सहित स्वास्थ्य दरबन्दीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाको अगुवाईमा धनगढी पुगेको पालिकाको टोलिले बुधवार सामाजिक विकास मन्त्री मेघराज खडकालाई ज्ञापन पत्र बुझाएको लालझाडी गाउँपालिकाले जनाएको छ । ज्ञापन पत्र बुझाउदै लालझाडी उपाध्यक्ष सपना चौधरी रानाले वडा नं.३ स्थित १० सैया भवन बनेर हस्तान्त्रण समेत भइसकेकाले तुरुन्त संचालन गरिदिन मेसिनरी , औजार , औषधीका साथै आवश्यक दरबन्दी समेत व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन ।
टोली संगै ज्ञापन पत्र बुझाउन गएका लालझाडी गाउँपालिकाका समाजसेवी तथा युवा नेता अमर रानाका अनुसार लालझाडी भौगोलिक हिसावले विकट रहेकाले सबैभन्दा पहिला स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा गम्भीर भएर सहयोग गरिदिन आग्रह गरेका हुन ।