मन्त्रिपरिषद बैठकले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले बताए ।

यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो । यस्तै, मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।