७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

खबर सम्बाददाता १४ भाद्र २०८१, शुक्रबार
पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

पत्रकार दीर्घराज उपाध्याय द्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ। शुक्रबार काठमाडौँस्थित एक होटलमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै सभापति देउवाले द्वन्द्वकालमा पत्रकारिता क्षेत्रले भोगेका समस्या र देखेका घटनाक्रमलाई पुस्तकमा मिहिनेतसाथ समावेश गरिएको बताए । कार्यक्रममा उनले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुन सक्ने प्रस्ट पारे ।

लेखक उपाध्यायले द्वन्द्वको एक दशकमा सुदूरपश्चिम क्षेत्रको पत्रकारिता र त्यस समयमा घटेका विभिन्न घटनाक्रमलाई पुस्तकमा समावेश गरेका छन् । विमोचन कार्यक्रममा सहभागीले पुस्तकले द्वन्द्वको एक दशकको पत्रकारिता कस्तो थियो भन्ने जान्ने अवसर मिल्ने धारणा राखेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin