८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

अटवारीमा गौरीगंगाको नुक्लिपुर सामुदायिक होमस्टेमा १२ प्रकारका थारु खाना

समाचार संबाददाता २१ भाद्र २०८१, शुक्रबार
अटवारीमा गौरीगंगाको नुक्लिपुर सामुदायिक होमस्टेमा १२ प्रकारका थारु खाना

थारु खानाको प्रचारप्रसारको लागि अटवारी अग्रासन कार्यक्रम गरिने भएको छ । यही भदौ २४ गतेको दिन नुक्लिपुर सामुदायिक होमस्टे र गाउँ समाजको संयुक्त आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्बर १० मा भव्य रुपमा अटवारी अग्रासन र विभिन्न सांस्कृतिक कार्यक्रम हुने नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दैहीतले जानकारी दिए ।

अग्रासन कार्यक्रम र एकै साथ १२ प्रकारका थारु खानाको एकै ठाउँमा स्वाद लिन सकिने कार्यक्रम आयोजकले जानकारी दिए । कार्यक्रमा सांस्कृतिक विभिन्न एकल डान्स, सखिया नाच, महालोक गायक मनि राम चौधरी , अन्य थारु मोडेलहरुको समेत प्रस्तुति रहने छ । त्यस्तै खानपिनमा अन्डिक रोटि,फुलौरी,खरिया,खुर्मा, घोङ्घी,लोकल मन्च्छी सिध्रा, सुरिक सिकार, लोकल मुर्गा,ढुसापोई लगयातका थारु खानाका परिकार सस्तो मुल्यमा पाईने होमस्टेका अध्यक्ष दहितले जानकारी गराए ।

हामस्टेको प्रचारप्रसार र थारु खानाको प्रबर्द्धन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । अटवारी पर्वलाई थारु समुदायले एक विशेष पर्वका रुप लिने गरेका छन् , यही विशेष दिनलाई झन विशेष बनाउन कार्यक्रमको आयोजना गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin