धनगढी,२७ भदौ । दार्चुलामा अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन । महाकालीका नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा शिक्षकको माग गर्दै विद्यार्थीहरुले विद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन । बिहीबार बिहानैदेखि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले अंग्रेजी विषयको शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन ।५ महिनादेखि विद्यालयको माध्यमिक तह कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक नहुँदा पढाइ प्रभावित भएको र शिक्षकको व्यवस्थापनको माग राख्दै विद्यालयमा बिहानैबाट तालाबन्दी भएको विद्यालयका प्रधानाध्यपक सुरेन्द्रसिंह बुढाथोकीले बताए ।अहिले विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । बुधबार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले महाकाली नगरपालिका घेराउका लागि आउने तयारी गरेको थियो ।नगरपालिकालाई शिक्षक व्यवस्थापनको माग विद्यार्थी नगरपालिका घेराउ गर्ने जानकारी नगर प्रमुखले जानकारी पाएपछि बिहीबारदेखि वैकल्पिक रुपमा भएपनि अंग्रेजी शिक्षक व्यवस्था गर्ने नगर प्रमुखको आश्वासनपछि बुधबारको कार्यक्रम स्थगित गरेका थिए । बिहीबार बिहानको कक्षामा शिक्षक नआएपछि विद्यार्थीहरूले विद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन ।