७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

वर्षाका कारण भिमदत्त राजमार्ग ठाँउ ठाँउमा सडक अबरुद्ध

खबर सम्बाददाता २८ भाद्र २०८१, शुक्रबार
वर्षाका कारण भिमदत्त राजमार्ग ठाँउ ठाँउमा सडक अबरुद्ध

धनगढी २८ भाद्र/वर्षाका कारण भिमदत्त राजमार्ग सहित सुदुर पहाडका ८ वटा सडक बन्द भएका छन् । बुधबार साँझ देखीको अबिरल बर्षाका कारण सुदुर पहाडका ८ सडक बन्द भएका हुन् । प्रहरीका अनुसार डडेल्धुराको साहुखर्कमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ।

डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए। तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन्। यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin