७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा भारी वर्षा निरन्तर, उच्च सतर्कता अपनाउन आग्रह

खबर सम्बाददाता २८ भाद्र २०८१, शुक्रबार
कैलालीमा भारी वर्षा निरन्तर, उच्च सतर्कता अपनाउन आग्रह

धनगढी २८ भाद्र/कैलालीका धेरै स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin