२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी-७ मा नि:शुल्क दन्त शिविर सम्पन्न

खबर सम्बाददाता २९ भाद्र २०८१, शनिबार
धनगढी-७ मा नि:शुल्क दन्त शिविर सम्पन्न

धनगढीमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयमा निःशुल्क दन्त शिविर ७ नं वडा र शिअ उसु क्वान धनगढीको आयोजनामा भएको छ ।

शिविरमा महिला, पुरुष र बालबालिका गरी दुई सय ५३ जनाले सेवा लिएका छन् । शिविरको विशेष प्राविधिक सहयोगी संस्था हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि धनगढीका प्रबन्ध निर्देशक रतन एसकेले दिएको जानकारी अनुसार शिविरमा ४२ जनाको खराव दाँत निकालिएको र ५३ जनाको रगत परीक्षण गरिएको छ ।


शिविरमा हिमालयन गौरीशंकर डेन्टलमा कार्यरत कन्सलटेन्स डेन्टल सर्जन डा. मनिसा न्यौपाने, डेन्टल सर्जन सदीक्षा थापा, डा. हरिषचन्द्र विष्ट र ल्याभ असिस्टेन्स जुना जाग्रीले सेवा दिएका हुन ।

लाईन्स क्लव अफ धनगढी संजिवनी, ज्योति आयल स्टोर, धनगढी र डि.के.टी वाटर ईन्डष्ट्रिज धनगढी शिविरको सहयोगी संस्था हुन् । हिमालयन गौरीशंकर डेन्टलको सहयोग धनगढीका विभिन्न वडामा निःशुल्क शिविरको आयोजना पटक–पटक सञ्चालन हुने गरेको छ ।
शिविरको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला राना रहेकी थिईन । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोती राना सहित वडा सदस्यको पनि सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin