२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ३० भाद्र २०८१, आईतवार
लालझाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा गत आर्थिक वर्षको वार्षिक प्रगति सार्वजनिक गरिएको छ। बेलौरी अनलाइन खबर प्रा.लि.को सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि भएको बताएका हुन ।

खोला नाला ठेक्का लगायतका विभिन्न उपायबाट गाउँपालिकाले १ करोड २९ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको बताएका हुन । गाउँपालिकाले ८२.८९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। कुल ४४ करोड ५० लाख बजेटमध्ये झण्डै ३७ करोड ५ लाख खर्च भइसकेको छ। उहाँले गाउँपालिका अध्यक्षसँगको कार्यसम्पादन सम्झौता अनुसार वित्तीय लक्ष्य हासिल भएको बताउँदै सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माणका काम सन्तोषजनक रहेको दाबी गर्नु भएका हुन ।


कार्यक्रममा उपप्रमुख सपना राना (चौधरी)ले महिला सशक्तिकरणका क्षेत्रमा भएका कामकाज बारे जानकारी गराउँदै स्थानीयको सक्रियता बढाउन आग्रह गरेकी हुन । स्थानीय वासीले सडक, कृषि र पर्यटन क्षेत्रमा थप लगानी गर्नुपर्ने माग राखेका हुन ।


गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार विकास निर्माणका काम अघि बढाइएको बताउनुभयो। सडक, तटबन्ध, कृषि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गाउँपालिकाले लगानी गरेको उहाँको भनाइ छ। उहाँले सामुदायिक वनले पालिकालाई दिने रकम नबुझाएकोमा कडाइ गर्ने चेतावनी पनि दिएका हुन ।


कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायत स्थानीयको उपस्थिति रहेको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin