६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडक झिलीमिली

खबर सम्बाददाता ३१ भाद्र २०८१, सोमबार
धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडक झिलीमिली

धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको छ। आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन्।सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

संघीय सहरी विकास आयोजनाले सडक बत्ती जडान गरेको हो। कार्यक्रममा नगर उप(प्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई उज्यालो पार्ने काममा उपमहानगरले काम गरिरहेको बताए। उनले सबै वडामा उज्यालो कार्यक्रम पुगाउन उपमहानगरले आगामी दिनमा समेत काम गर्ने बताइन्।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताए। उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए।”धनगढीमा सह्रानीय काम भएका छन्। नगर प्रमुख इनोभेटिभ काम गर्दै आएका छन्,” उनले भने, ”नयाँ काम गर्ने नगर प्रमुख हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको र प्रदेश सरकारले पनि विभिन्न काममा सहकार्य गर्दै आएको छ, अझै पनि गर्नेछ।”यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक( मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ। अहिले सहरी विकास आयोजनाले निर्माण गरेका सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin