६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना

खबर सम्बाददाता २ आश्विन २०८१, बुधबार
गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना

धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।भोजलाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुनिल डंगौराले चलाएको सुदूरपश्चिम प्रदेश ०१-०१२ प ५६३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा आज (बुधवार) दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटना हुँदा मोटरसाइकल चालक डंगौरा र सोही मोटरसाइकल पछाडी सवार महेन्द्र चौधरी घाईते भएका छन्। डंगौराको अवस्था गम्भिर रहेको र महेन्द्रको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin