६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

अछामको देवीमाडौं माध्यमिक विद्यालयले यतिपटक विज्ञापन गर्दा पनि पाएन शिक्षक

खबर सम्बाददाता ४ आश्विन २०८१, शुक्रबार
अछामको देवीमाडौं माध्यमिक विद्यालयले यतिपटक विज्ञापन गर्दा पनि पाएन शिक्षक

धनगढी,४ असोज । अछामको देवीमाडौं माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन गर्‍यो, तर आवेदन परेन।

गत भदौ १९ गते आठौँपटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्‍यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार अझै छनोट कार्य सकिएको छैन। दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्‍यो।

पटक पटक विज्ञापन गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयको गुनासो छ। मुगुको छायानाथ रारा नगरपालिकास्थित महाकाली माध्यमिक विद्यालयले पनि विज्ञान शिक्षक नियुक्तिका लागि पाँच पटक विज्ञापन गर्नुपर्‍यो ।

एक साताको समय तोकेर गत भदौ ६ गते विज्ञापन गरिएकामा एक जनाको मात्रै अनलाइनबाट आवेदन पर्‍यो तर आवेदक मुगु जान हवाईजहाज नपाएर नेपालगञ्जमै रोकिएका कारण परीक्षा सञ्चालन गर्नै सकिएको छैन। विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाका अनुसार अन्य कुनै पनि व्यक्तिले आवेदन नदिएको हुनाले तिनै व्यक्तिलाई नै विद्यालयले पर्खिइरहेको छ।

विगतमा अङ्ग्रेजी शिक्षक नियुक्तिका लागि पनि चारपटक आवेदन आह्वान गर्नु परेको बताउँदै रोकायाले भने, ‘विद्यालयको सूचना देखेपछि आवेदन दिन चाहनेले सेवा सुविधा कति छ भनेर सोध्नुहुन्छ । सरकारी स्केलबाहेक विद्यालयबाट थप रकम दिन सकिँदैन भन्ने जानकारी पाएपछि आवेदन दिएर पनि छनोट प्रक्रियामै सामेल नहुने क्रम चलेको छ।’

दुर्गम र कर्णाली प्रदेशमा मात्रै होइन, तुलनात्मक रूपमा सुगम मानिएका जिल्ला र स्थानीय तहमा पनि शिक्षक अभावको यस्तै विकराल समस्या छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान शिक्षक छनोट गर्न तीन पटक विज्ञापन गर्नु पर्‍यो।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान शिक्षक भर्ती गर्न तेस्रोपटक सार्वजनिक सूचना गर्नुपर्‍यो। पटक पटक विज्ञापन गरेर छनोट गरिएका शिक्षक पनि बिचैमा छाडेर जाने गरेको र अर्को शिक्षक छनोट गर्न समय लागेका कारण स्कुलको पठनपाठन नै डामाडोल भएको विद्यालयहरूको गुनासो छ।

यी केही उदाहरण मात्रै हुन् । पटकपटक सार्वजनिक आवेदन आह्वान गर्दा पनि पछिल्लो समय सामुदायिक विद्यालयहरूले शिक्षक पाउनै छाडेका छन्। विशेष गरी माध्यमिक तहका विज्ञान, गणित, अङ्ग्रेजीलगायतका विषयमा यस्तो समस्या धेरै देखिएको छ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा पनि यिनै विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin