६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा.राणाले अमेरिकामा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने

खबर सम्बाददाता ६ आश्विन २०८१, आईतवार
प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा.राणाले अमेरिकामा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने


दीर्घराज उपाध्याय
न्यूयोर्क,(अमेरिका) ६ असोज ।


संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाले आज अमेरिकामा रहेका नेपालीहरुसंग भेट गर्ने भएकी छन् ।
नेपाली महावाणिज्य दुतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च, नेपाली आदिवासी महासंघ, मधेशी एशोसियन ईन अमेरिका, गैर आवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर लगायत नेपाली समुदायको आयोजना गर्ने बृहत कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणाले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली महावाणिज्यदुतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत चक्र सुवेदीले बताए ।


कार्यक्रममा आयोजक संस्थाका प्रमुखहरुले अमेरिकामा नेपाली समुदायले भोग्दै आएका समस्याहरु समाधानका लागि प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा. राणासंग आग्रह गर्ने बताईएको छ ।


कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका बिभिन्न राज्य नेपाली समुदायका अगुवाहरु न्यूयोर्क आईपुगेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले बताए । उनले नेपाली समुदायका तर्फबाट प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा.राणालाई स्वागत तथा सम्मान गर्नुका साथै नेपाली समुदायका समस्याहरुका बारेमा अवगत गराउने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin