३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

गोदावरीमा कार्यक्रम नराखिए पनि स्नान, ध्यान , जप र पुजा पाठमा रोक छैन :अध्यक्ष जोशी

खबर सम्बाददाता २९ पुष २०७७, बुधबार
गोदावरीमा कार्यक्रम नराखिए पनि स्नान, ध्यान , जप र पुजा पाठमा रोक छैन :अध्यक्ष जोशी

सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक क्षेत्रका रुपमा रहेको कैलालीको गोदावरी धाममा यसपाली मकरमेला नहुने भएको छ । यहां केही बर्षयता माघ १ गते देखि लाग्दै आएको बाह्र राशी दर्शन मकर मेलामा यसपाली कुनै औपचारीक कार्यक्रम नहुने भएको हो ।

कोरोना महामारीलाई कारण देखाउदै यसपाली मकर मेलामा कुनै औपचारीक कार्यक्रम नहुने बताईएको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भएपनि स्वस्फुर्त रुपमा स्नान, ध्यान , जप र पुजा पाठमा रोक नलगाईएको बताए ।

उनले मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म भने गरिने बताए । विगतबाटै हरेक बर्ष मकर मेला लाग्दै आएको गोदावरीमा केही समय यता १२ बर्षमा कुम्भ मेला र ६ बर्षमा अर्ध कुम्भ घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य प्रवेशद्वारसंग जोडिएको गोदावरी धामलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ ।

वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ ।

यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ । गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकका लागि पनि पहिलो रोजाईमा पर्न थालेको छ ।

प्राकृतिक रुपमा मनोरम, धार्मीक, पौराणिक एवं ऐतिहासिक रुपमा प्रसिद्ध यो क्षेत्रको अवलोकनमा दैनिक सयौँको संख्यामा मानिसहरु पुग्ने गरेका छन् ।

घुमघाम र शान्तपुणर् वातावरणमा खानपिनका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin