६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

मध्यरातमा कञ्चनपुरबाट६ जना जुवाडे पक्राउ

खबर सम्बाददाता १४ आश्विन २०८१, सोमबार
मध्यरातमा कञ्चनपुरबाट६ जना जुवाडे पक्राउ

कञ्चनपुरः मध्यरातमा कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

गएराती १२ बजे दोधरा चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना रहेका छन्।

अन्यको नाम भने प्रहरीले खुलाएको छैन। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin