२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पुनर्वासमा विद्यालयको बसबाट ओर्लिदा घाईते भएको बालकको उपचारका क्रममा मृत्युु

खबर सम्बाददाता १४ आश्विन २०८१, सोमबार
पुनर्वासमा विद्यालयको बसबाट ओर्लिदा घाईते भएको बालकको उपचारका क्रममा मृत्युु

कंचनपुरको पुनर्वासमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ ।

शुक्रबार साझ करिब साढे पाँच बजेको समयमा पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै  ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका  ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको हो ।

मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको आईतबार  महाकाली अस्पताल महेन्द्रनगरमा पोष्टमार्टमका लागि राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिएका हुन ।

विद्यालयको  बस र चालक पुनर्वास नगरपालिका-५ का कमल थापालाई  नियन्त्रणमा लिई थप अनुसन्धानका लागि  अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताएका हुन ।

घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin