२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढी-७ मा खुल्ला फुटबल प्रतियोगिता-२०८१ उद्घाटन

खबर सम्बाददाता १४ आश्विन २०८१, सोमबार
धनगढी-७ मा खुल्ला फुटबल प्रतियोगिता-२०८१ उद्घाटन

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा असोज १४ देखि २२ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता-२०८१ क्लबका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी नेपाली कांग्रेस कैलाली-५ का सभापति भिम पडाल , शिवनगर खानेपानीका उपाध्यक्ष दामोदर शाहु , धनगढी-७ का वडा सदस्य बिक्रम खाती , कैलाली जिल्ला खेलकुद समितिका सदस्य तिलक मौनी , समाजसेवी , बुद्धिजीवी , खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा २१ वटा टिम दर्ता छन । बिजेतालाई ३० केजि बोका पुरस्कार , उप-बिजेतालाई २० केजि बोका रहेको भनेर आयोजकले बताएका हुन ।

यस क्लबको लागि सहयोग गर्न तयार भनेर विशिष्ट अतिथी नेपाली कांग्रेस कैलाली-५ का सभापति भिम पडालले प्रतिबद्धता गरेका हुन ।

वडाका सम्पुर्ण खेलाडीहरुका लागि यस वडामा एउटा ठूलो प्रतियोगिता गर्न वडा कार्यालय तयार छ । हामीले यस वडामा एउटा वडा स्तरिय खेल मैदान बनाउने र युवाहरुलाई सहयोग गर्न तयार छ भनेर प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारुले बताएका हुन ।

कार्यक्रममा शुभकामना मन्तव्य मोति कुँवर र संचालन क्लबका सचिव पृथ्वी रानाले गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin