६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

धनगडीको सेती अस्पतालमा क्यान्सर शिविर सुरु

खबर सम्बाददाता १५ आश्विन २०८१, मंगलवार
धनगडीको सेती अस्पतालमा क्यान्सर शिविर सुरु

धनगढी : धनगडीको सेती प्रादेशिक अस्पतालमा मंगलबार बिहानदेखि क्यान्सर शिविर सुरु भएको छ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परिक्षण, उपचार तथा शल्यक्रिया गर्ने छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने छ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालले धनगढीको सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्ने छ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल सेतीमा महिनाको एक दिन विपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूबाट क्यान्सरको परीक्षण, उपचार तथा शल्यक्रिया गरिने भएको हो। उनले भने, ‘यूरोलोजिस्ट सम्बन्धी, सर्जिकल सम्बन्धी, अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, आइने सम्बन्धी, पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच र नाँक,कान, घाँटीको विशेषज्ञ आउने भएको छ। यतीको जाँच आज हुन्छ।’

सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिराहीहरूको परीक्षणको काम सुरु भएको बताए। रेफरल अस्पतालमा क्यान्सरका बिरामीहरू आउने गरेको बताए। उनले भने, ‘हाम्रोमा १२ सय बिरामी दैनिक आउने गरेका छन्। फोक्सोको क्यान्सर, रगतको क्यान्सर, पेटको क्यान्सर यतै पत्ता लाग्छ। उपचारका लागि क्यान्सर अस्पतालहरूमा पठाउने गरेका छौ। नसर्ने रोगहरूमा क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। लक्षणका आधारमा हामीले परीक्षण गर्ने गरेका छौ।’ सेतीमा पाठेघरको क्यान्सरको परीक्षण हुने गरेको छ।

क्यान्सरका बिरामीहरूले मासिक पाँच सय रुपैयाँ नेपाल सरकारबाट पाउने गरेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin