२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न

खबर सम्बाददाता १६ आश्विन २०८१, बुधबार
विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न

रेडिकल एकेडेमीले हरेक हप्ता आयोजना गर्ने विद्यार्थी उत्सव कार्यक्रम अन्तर आज दशैं तिहार शुभकामना कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठक ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले गरेका थिए भने कार्यक्रमको संचालन सावित्रा जोशीले गरेकी थिइन् ।

देशमा रोजगारीको अवसर चिन्न नसक्दा युवाहरु रोजगार खोज्न विदेशीरहेका बेला फेसन डिजाइन र होटल म्यानेजमेन्ट जस्ता कोर्षहरुको आवश्यता रहेको कुरा माननीय पाठकले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, गजलहरु पस्केका थिए । साथै रेडिकलमा फेसन डिजाइन अध्ययनरत विद्यार्थीहरुले भव्य फेसन सो कार्यक्रम र होटल म्यानेज्मेन्ट पढ्ने विद्यार्थीहरुले फुड प्रोडक्सन, सर्भिस, कार्यक्रम व्यवस्थापन जस्ता अत्यावश्यक सीप तथा क्षमताको प्रस्तुत तथा प्रयोग गरेका थिए ।

विद्यार्थीहरुमा रहेका प्रतिभा क्षमतालाई स्थान दिने रेडिकलले हरेक हप्ता प्रतिभा उत्सवको आयोजना गर्ने गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin