६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको मनोबल उच्च राख्न उपहार योजना कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १७ आश्विन २०८१, बिहीबार
आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको मनोबल उच्च राख्न उपहार योजना कार्यक्रम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको मनोबल उच्च राख्न आयोजना गरेको “भाग्यशाली उपहार योजना कार्यक्रम” अन्तर्गत विभिन्न पुरस्कारहरू प्रदान गरेको छ। पुस महिनामा सुरु गरिएको मासिक योजनाको नतिजा असोज १६ गते जुम मीटमार्फत सार्वजनिक गरिएको थियो। जहाँ अभिकर्ता, ग्राहक र कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा १५ जनालाई सान्त्वना पुरस्कार स्वरूप विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कारमा आईफोन १३ र प्रथम पुरस्कार स्वरूप १ सय २५ सीसीको हिरो मोटरसाइकल प्रदान गरिएको छ।

कम्पनीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ। जसले उनीहरूको मनोबल र कार्यक्षमतामा सुधार ल्याउन मद्दत गर्नेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin