६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

पौने दुई करोड लगानीमा डाईमण्ड कटेजको शाखा विस्तार

खबर सम्बाददाता १८ आश्विन २०८१, शुक्रबार
पौने दुई करोड लगानीमा डाईमण्ड कटेजको शाखा विस्तार

छ वर्ष अगाडीदेखि सञ्चालनमा आएको डाईमण्ड कटेज पौने दुई करोड लगानीमा सुविधा सपन्न सहितको शाखा विस्तार गरेको छ ।

कटेजले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको हो ।

धनगढी तारानगरमा सञ्चालित कटेजले अहिले धनगढी गाउँमा लजिङ फुडिङ सहित शाखा विस्तार गरेको छ । कटेजका सञ्चालक हिरा चौधरीका बुवा दुर्गा चौधरी र ससुराबा खुशीराम चौधरीले घटस्थापनाको दिन संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

पौने दुई करोड लगानीमा डाईमण्ड कटेजको शाखा विस्तारकेर्नि न्युजप्रकाशित मिति : शुक्रबार, अशोज १८, २०८१9SHARES कैलाली । छ वर्ष अगाडीदेखि सञ्चालनमा आएको डाईमण्ड कटेज पौने दुई करोड लगानीमा सुविधा सपन्न सहितको शाखा विस्तार गरेको छ ।कटेजले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको हो ।

धनगढी तारानगरमा सञ्चालित कटेजले अहिले धनगढी गाउँमा लजिङ फुडिङ सहित शाखा विस्तार गरेको छ । कटेजका सञ्चालक हिरा चौधरीका बुवा दुर्गा चौधरी र ससुराबा खुशीराम चौधरीले घटस्थापनाको दिन संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।डाइमण्ड कटेजमा ग्राहकहरुका लागि खाना र बस्नका लागि राम्रो व्यवस्था रहेको सञ्चालक हीरा चौधरीले जानकारी दिए । उनले बस्नका लागि अटेच बाथरुम एसी सहितको ७ कोठा सञ्चालनमा ल्याएका छन् ।

बस्नकोलागि १३ सयदेखि १८ सयसम्म मुल्य निर्धारण गरेको उनले बताए ।सञ्चालक चौधरीले भने, ‘ग्राहकहरुको सन्तुष्टी नै हाम्रो लागि ठुलो कुरो हो । एकान्त वातावरणमा रहेको कटेजमा बस्न एकदमै राम्रो रहेको छ । त्यसका लागि हामीहरुले सकेसम्म व्यवस्था मिलाएका छौं । ग्राहकहरुको आवश्यकता अनुसार थप सेवा विस्तार गर्ने सोच रहेको छ ।’शान्त ठाउँमा स्थापना भएको होटलमा परिवारिक वातावरण रहेकोले परिवार सहित बास बस्न सक्ने व्यवस्था । धनगढी गाउँ देखि पूर्व पूरुव घुइयाघाट जाने बाटोमा रहेको होटलमा थारु समुदायको संस्कृतिलाई जोगाउँदै थारु खानालाई विशेष महत्व दिएको सञ्चालक चौधरी बताउँछन् ।

उनले लोकल मुर्गासंगै माछा, बंगुरको सुक्टी, सेकुवा, घोँघी लगायतको व्यवस्था रहेको बताए । शाखा सञ्चालनमा ल्याउनकोलागि लगभग पौनो दुई करोड लगानी लागीसकेको सञ्चालक बताएका हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin