३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

एकैदिन दश लाख भन्दा बढीको सामान बरामद, एक जना पक्राउ

खबर सम्बाददाता १९ आश्विन २०८१, शनिबार
एकैदिन दश लाख भन्दा बढीको सामान बरामद, एक जना पक्राउ

कैलाली र कञ्चनपुरबाट एकैदिन दश लाख बढीको भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ पच्चिस घरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको ट्याक्टरको ब्यरिङ ७१ थानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेका भारत लखिमपुर निनासन बस्ने २५ वर्षीय ईरफान खान रहेका छन्। खानलाई उनले प्रयोग गरेको युपी ३१ ई ९२७३ भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र चटकपुर, धनगढी उपमहानगरपालिका–१० घुयाँघाट, धनगढी उपमहानगरपालिका–१२ कम्पनि टोल, धनगढी उपमहानगरपालिका–१८ तुलसिबारी र भजनी नगरपालिका–७ हिम्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ९१ हजार २५० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, चिनी, सुटपिस, मोजा, कुर्ती, बच्चाको कपडा, कस्मेटिक सामान, ३ वटा बोका, मोटरसाइकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासी र भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ४७ हजार १०२ मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त स्थानबाट प्याज, जुत्ता, चप्पल, प्लाष्टिक झिल्ली, पटाका, हाडबेयर, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin