१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

हात्तीको आक्रमणबाट कञ्चनपुर बेलौरीका उमेश चौधरीको मृत्यु

खबर सम्बाददाता २२ आश्विन २०८१, मंगलवार
हात्तीको आक्रमणबाट कञ्चनपुर बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर बेलौरिका उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बेलौरी नगरपालिका–५ मैनामा दशैंको नाच हेरेर गएराति १ः३० बजेको समयमा घर फर्कने क्रममा सोही नगरपालिकाको बन्तरिया जंगलमा अचानक हात्तीको आवाज सुनेर बेलौरी नगरपालिका–६ ढक्काचादर बस्ने मृतक २२ वर्षीय उमेश चौधरीले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाईकल छोडेर पछाडी सवार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नबिन चौधरीसहित तीनै जना भागि बेपत्ता भएका थिए।

रोशन र नबिन सम्पर्कमा आएपनि उमेश भने सम्पर्कमा आएका थिएनन्। इलाका प्रहरी कार्यालय बेलौरीले खोजतलास गर्दै जाँदा उनी बेलौरी नगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति सामुदायिक वनमा आज बिहान ६ः४० बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ। उमेश मृत अवस्थामा फेला परेको स्थान वरपर हात्तीको दिशा र रुखसमेत मडारेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin