१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

काममा मानसिक स्वास्थ्य भन्ने मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस सम्पन्न

खबर सम्बाददाता २४ आश्विन २०८१, बिहीबार
काममा मानसिक स्वास्थ्य भन्ने मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस सम्पन्न

World Mental Health Day October 10-2024
बिश्व मानसिक स्वस्थ्य दिवस Mental Health at Work काममा मानसिक स्वास्थ्य भन्ने मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस कोशिश कैलाली र कोशिश नेपालको आयोजनामा पिक्स नेपाल मनोबल न्युरो सेन्टर र एकता नेपाल को सहकार्यमा धनगढीमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरुद्वारा मानसिक स्वास्थ्य समस्या तथा चुनौटीको बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै निसर्ग हस्पिटल धनगढीमा कार्यारत बरिस्ठ Mental Health Consellor सुशील चटौट ज्युले समाजमा अहिले बढी जसो बिरामी मानसिक समस्याको नै रहेको धारणा ब्यक्त गर्दै यसलाई निराकरण गर्न हामीले घर परिवार तथा समुदायबाट राम्रो सहयोग भएमा निराकरण गर्न सकिने भनेर बताएका हुन ।


यसै गरि कोशिश नेपाल धनगढीमा कार्यरत मनोबिमर्श कर्ता पशुपती खातीले अझै पनि हाम्रो समाजमा यस्ता किसिमका बिरामीहरुलाई समाजिक रुढीबादी परम्परा मुल्यमान्यता तथा गलत सोचाईका कारण आफुहरु यश समस्याबाट उम्किन नसकेको बताउनुभयो।कार्यक्रममा सुदुर पश्चिम एकता समाजका कार्यक्रम संयोजक राज चौधरी ज्युले यौनिक तथा अल्पसंख्यिक समुदायमा रहेका विभिन्न ब्यक्तिहरुमा यस्ता किसिमका समस्याहरु बढी देखिएकोले यसलाई समधान गर्न आयोजक कोशिशसंग निरन्तर सहयोग तथा सहकार्यमा हाम्रो संस्था सधै तत्पर रहने बताएका हुन ।

सेती प्रदेशिक अस्पताल धनगढीमा कार्यारत सामाजिक एकाई प्रमुख भरत खातीले मानसिक सम्स्या बिकरल रुपमा बढिरहेकोले यसलाई तत्कल निराकरण गर्न हामी प्रतिबद्ध रहनेछौ भनेर बताएका हुन ।


कार्यक्रम को सञ्चालन रुबिना शाहीले गरेकी हुन कार्यक्रममा कोशिश कैलालीका अध्यक्ष मनोज चौधरीले यस दिवसलाई महिना भरी उत्सवको रुपमा मनाउदै मानसिक स्वास्थ्य समस्याको बारेमा जनचेतना समुदाय स्तरबाट नै फैलाउदै र पैरवी गर्दै लैजाने बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin