१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

घरमा कोही नभएको अवस्थामा धनगढीको तीन घरमा चोरी

खबर सम्बाददाता २८ आश्विन २०८१, सोमबार
घरमा कोही नभएको अवस्थामा धनगढीको तीन घरमा चोरी

कैलालीको धनगढीमा तीनवटा घरमा चोरी गरिएको छ। घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी गरिएको हो।

दशैंको समयमा एकैदित तीन घरमा चोरी भएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी भएको छ। उनी दशैंको टीका लगाउन पुनर्वास गएको अवस्थामा घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको छ।

चोरी भएको विषय हिजो (आइतबार) १ बजे मात्र घरधनीले प्रहरीले खबर गरेका थिए। सोही स्थानमा रहेको अर्को घरमा पनि चोरी गरिएको छ। कल्पना विकको घरमा चोरी भएको खबर प्रहरीले प्राप्त गरेको छ। उनी टीका लगाउन माइती घर झलारी गएको अवस्थामा मुल घरको ढोकाको ताल्ता तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीलाई जानकारी गराएकी छन्।

यस्तै धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको छ। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको छ। आइतबार यी तीनवटै घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin