खैराे हिरोइनसहित धनगढीको एक राना युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।