१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

वडा अध्यक्ष रानाद्वारा मनेहरा कप-२०८१ को उद्घाटन सम्पन्न

खबर सम्बाददाता १ कार्तिक २०८१, बिहीबार
वडा अध्यक्ष रानाद्वारा मनेहरा कप-२०८१ को उद्घाटन सम्पन्न

कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा रुपक चौधरीको अध्यक्षतामा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. २१ हजार , दोस्रो पुरस्कार रु. ११ हजार , तेस्रो पुरस्कार रु. ५ हजार रहेको छ । प्रतियोगितामा १६ वटा टिम दर्ता भएको छ ।

कार्यक्रममा काभा U-20 बाट नेपाल टिमका खेलाडी अशोक रानालाई आयोजक टिमले सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी बासु रानाथारु , विशिष्ट अतिथी धनगढी सन्जिबनी अस्पतालका संचालक सदस्य खडक चौधरी , सरस्वती मा.वि. विद्यालय व्यवस्थापन समिती सदस्य चनकलाल चौधरी , ॐ भुइयामाता युवा मञ्चका अध्यक्ष कल्लु राना , समाजसेवी ,बुद्धिजीवी , खेलाडी , स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतियोगिता कार्तिक ३ गतेसम्म हुने भनेर आयोजक समितिले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin