कैलालीको धनगढी वडा नं ७ देवरिया स्थित दाइजो कृषि सहकारी संस्था लि. र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) डडेल्धुराको लागतमा ५०% अनुदानमा १२ वटा पावर ट्रीलर कृषकहरुलाई कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व मन्त्री मा. नारदमुनी राना , विशिष्ट अतिथी धनगढी-उपमहानगरपालिकाका उप-प्रमुख कन्दकला राना , अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , धनगढी-७ का पुर्व अध्यक्ष कालीराम राना , कृषि ज्ञान केन्द्रका अधिकृत कामना कार्की , REED का प्रतिनिधि राज कुमार चौधरी , मुक्तिनाथ कृषि कम्पनीका म्यानेजर हिक्मत उपाध्याय , संस्थाका सल्लाहकार संयोजक चन्द्र किरण राना , सदस्य भजन राना , कृषकहरुको उपस्थितिमा दाइजो कृषि सहकारी संस्था लि. का अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कृषि यन्त्रले कृषि क्षेत्रमा उत्पादन बढाउने गर्दछ । REED परियोजना आर्थिक कोरिडोर हो । कृषि क्षेत्रमा युवाहरूको लागि अनुदानमा कृषि यन्त्र वितरण गरेर बेरोजगार युवाहरुलाई रोजगार दिनसक्छौ । यो सहकारीले कृषकहरुलाई कृषि यन्त्र , रासायनिक मल , र कृषकहरुलाई सहयोग गर्दै आइरहेको भनेर प्रमुख अतिथी पुर्व मन्त्री मा. नारदमुनी रानाले मन्तव्य व्यक्त गरेका हुन ।

दाइजो कृषि सहकारीले अहिलेसम्म धेरै किसानहरुलाई कृषि यन्त्रहरु ५०% अनुदानमा बितरण गरिसकेको छ । स-साना व्यापारी तथा कृषकहरुलाई ऋण समेत दिदै सहयोग गरिरहेको भनेर धनगढी ७ का वडा अध्यक्ष मोति रानाले मन्तव्य व्यक्त गरेका हुन ।


यस संस्थाले वित्तीय कारोबार मात्र नगरी कृषकहरुलाई कृषि सामाग्रीहरु पनि अनुदानमा वितरण गरेको छ । कृषि यन्त्रबाट कृषक हरुले तरकारी उत्पादन गरि राम्रो उपलब्धि पनि गर्दै छन । धनगढी उप-महानगरपालिकाबाट किसानहरुलाई किसान कार्डको पनि व्यवस्था गरेका छौ । एक वडा एक उत्पादन धनगढी उप-महानगरपालिकाले व्यवस्था ल्याएको छ किसानहरुलाई बीउ कृषि शाखाबाट कृषि यन्त्र सहयोग गर्दै आइरहेको छ भनेर धनगढी-उपमहानगरपालिकाका उप-प्रमुख कन्दकला रानाले मन्तव्य व्यक्त गरेकी हुन ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार संयोजक चन्द्र किरण राना र संचालन संस्थाका सचिव दिपक जोशीले गरेका हुन ।