कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा रुपक चौधरीको अध्यक्षतामा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. २१ हजार आयोजक A , दोस्रो पुरस्कार रु. ११ हजार जुगेडा A , तेस्रो पुरस्कार रु. ५ हजार धनगढीले पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १६ वटा टिम दर्ता भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी बासु रानाथारु , विशिष्ट अतिथी सरस्वती मा.वि. का प्र.अ ज्ञानेन्द्र बहादुर शाह , सरस्वती मा.वि. विद्यालय व्यवस्थापन समिती सदस्य चनकलाल चौधरी , भलमन्सा प्रेम राना , पृथ्वी राना , खगेन्द्र राना , मथुरा राना , समाजसेवी ,बुद्धिजीवी , खेलाडी , स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति , रानाथारु होरी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा खेलाडीको लागि अगामी बजेटमा प्रशिक्षकको लागि बजेट बिनियोजन गर्ने बताएक हुन । प्रतियोगितामा खेलाडीहरु गाउँघरबाट उत्पादन हुँदै आइरहेको भनेर प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाले मन्तव्य व्यक्त गरेका हुन ।