१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई

खबर सम्बाददाता ४ कार्तिक २०८१, आईतवार
वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई

कञ्चनपुरको लालझाडी गाउँपालिका ५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ।

शनिबार भएको फाइनलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो। ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले सात ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो।

उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। विजेता र उपविजेतालाई एक कार्यक्रमकाबिच एमालेबाट प्रतिनिधिसभा सांसद तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरे।

समापन समारोहमा बोल्दै कञ्चनपुर-१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फुटबल, भलिबल प्रतियोगिता हुनुपर्नेमा जोडदिए। लालझाडी गाउँपालिका-५ वडासँगको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागीता थियो। समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लो पटक नेपाली क्रिकेट टिमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin