१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

नेपाल रानाथारु समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सम्हाले कार्यभार

खबर सम्बाददाता ४ कार्तिक २०८१, आईतवार
नेपाल रानाथारु समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सम्हाले कार्यभार

रानाथारु समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सम्हाले कार्यभार स्टेटसेभन संवाददाता आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशितधनगढी: नेपाल रानाथारु समाजका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कार्यभार सम्हालेका छन् ।

नेपाल राना थारु समाजको सातौँ अधिवेशनबाट नव निर्वाचित टिमले एक कार्यक्रमका बिच कार्यभार सम्हालेको हो । आज एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष कमल राना सहित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए । त्यस लगत्तै निवर्तमान अध्यक्ष कृपाराम रानाले नवनिर्वाचित अध्यक्ष कमल राना सहितको टिमलाई माइनट हस्तान्तरण गर्दै समाजको जिम्मेवारी सुम्पिएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनबाट समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित भएका थिए । कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin