१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

सेती महाकाली ट्रक व्यवसायी सघंको अध्यक्षमा साउँद प्यानल विजयी

खबर सम्बाददाता ५ कार्तिक २०८१, सोमबार
सेती महाकाली ट्रक व्यवसायी सघंको अध्यक्षमा साउँद प्यानल विजयी

सेती महाकाली ट्रक ब्यवसायी सघंको अध्यक्षमा मोहन सिहं साउँद को टिम प्यानल सहित विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट साउँद सहित पुरै प्यानल निर्वाचित भएको हो ।

सघंको ९ औँ अधिवेशनबाट २ सय ६३ मत सहित साउँद अध्यक्षमा निर्वाचित भएका हुन् । साउँदका प्रतिद्वन्द्वी बिरेन्द्रबहादुर सिहंले ७४ मत मात्रै प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा साउँद प्यानलकै योगेन्द्र बम २ सय ६३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर देउवाले ७१ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा साउँद प्यानलकै रमेश प्रसाद बोहरा २ सय ३६ मत सहित विजयी हुँदा प्रतिद्वन्द्वी सुरेन्द्र रावलले ९५ मत प्राप्त गरे ।यस्तै महासचिवमा साउँद प्यानलकै धुब्रराज कार्की २ सय ३४ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी प्रेम बिष्टले ८७ मत प्राप्त गरे । सचिवमा साउँद प्यानलकै हरिसिहं बोहरा २ सय ६३ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दिपकराज भट्टराइले ६७ मत प्राप्त गरे । सह कोषाध्यक्षमा साउँद प्यानलकै धनबहादुर साउँद २ सय २५ मत सहित विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी राजेन्द्रबहादुर बमले १ सय २ मत प्राप्त गरे । सदस्यहरुमा महेसप्रसाद पनेरु, लोकेन्द्रबहादुर ऐरी, धर्मराज पडाल, कृष्णसिहं भाट, डम्मरबहादुर बिष्ट, सुरज श्रेस्ठ, रामबहादुर बिष्ट, बिसाल चौधरी, दिपकराज भट्ट, प्रेमबहादुर रावल र आदर्श आचार्य बिजयी भएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin