३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी

खबर सम्बाददाता ७ कार्तिक २०८१, बुधबार
धनगढीमा खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न सूचना जारी

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ।

खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो।मङ्गलवार उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचानाहरू हटाउन भन्दै उपमहानगरपालिकाले सूचना जारी गरेको छ।

पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने कामसमेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

धनगढी उपमहानगरपालिकाले खोलाको अधिकार क्षेत्र तथा सेटब्याक खाली गर्न वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृति खोलानालाहरूमा निर्माण गरिएका भौतिक संरचना कार्तिक मसान्तसम्म खाली गर्न सूचना जारी गरेको हो। उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र र सेटब्याक खाली गर्ने काम नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin