२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

बेलौरीमा चितुवाकाे आतङ्क बढ्दै, वनलाई छैन वास्ता

खबर सम्बाददाता ८ कार्तिक २०८१, बिहीबार
बेलौरीमा चितुवाकाे आतङ्क बढ्दै, वनलाई छैन वास्ता

कञ्चनपुरको बेलौरीमा चितुवा आतङ्क बढ्दै गएको छ । पछिल्लो कहिदिनयता बेलौरी नगरपालिका १० भुडा गाउँमा चितुवा आतङ्क बढ्दै गएको हो ।

आइतबार (कार्तिक ४ गते) राती भुडाका ओम प्रकाश पन्तको गोठबाट बाख्रा चितुवाले खाएको थियो । त्यसपछि लगातार दैनिक जसो पशुहरू चितुवाको चपेटामा परिरहेका छन् ।

पन्तको बाख्रा खाएको भोलि पल्ट सोमबार बिहान गाउँ नजिकै उखुबारीमा स्थानीय जनक पन्तले कुकुर चितुवाले खाएको अवस्थामा फेला पारेका थिए । सोमबार राती नै स्थानीय मोले गिरीको बाख्रा माथी चितुवाले आक्रमण गरेको थियो । त्यस्तै मङ्गलवार राती भुडाकै दिप्पु चौधरीको गोठमै चितुवाले बाख्रा मारेको छ ।

तिन दिनभित्रैमै दुई बाख्रा, एक कुकुरको चितुवाले ज्यान लिएको छ भने एक बाख्रो घाइते बनाएको छ । यसरी चितुवाले दैनिकी घरपालुवा जानवरहरु माथी आक्रमण गरिरहँदा सरोकारवाला निकायले नियन्त्रणको लागि कुनै कदम भने चालेको छैन ।

घना, बाक्लो उखु भएकाले चितुवा देखिने गरेको सव डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए । यादवका अनुसार घटना भएको ठाउँ र आक्रमण गर्ने जनावरको फुट प्रिन्ट हेर्दा चितुवा नै हो ।लगातार चितुवा बस्ती पस्दा पनि कार्तिक ४ पछि वनको टिम घटना भएको ठाउँमा पुगेको छैन

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin