२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

कैलालीबाट खैरो हेरोईन सहित ५ जना पक्राउ

खबर सम्बाददाता १३ कार्तिक २०८१, मंगलवार
कैलालीबाट खैरो हेरोईन सहित ५ जना पक्राउ

कैलालीबाट ठूला परिणाममा लागू औषध खैरो हेरोईन सहित ५ जना पक्राउ परेका छन । जिल्लाका छुट्टाछुटै स्थानबाट प्रहरीले एकैदिन ३३ ग्राम २७० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ५ जनालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका – १ साथी होटल पछाडीको गल्लीबाट धनगढी – २ का २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारतका २५ वर्षीय प्रदिप मौरेलाई चेकजाँच गर्दा मौरेको साथबाट १० ग्राम खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै लागू औषध सहित अछामको चौरपाटी गाउँपालिका – १ घर भई हाल धनगढी उपमहानगरपालिका – ४ का प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँद पक्राउ परेका छन । उनको साथबाट ३ ग्राम ३८० खैरो हेरोईन बरामद गरिएको प्रहरीको भनाइ छ । यसैबिच ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त प्रहरी टोलीले टीकापुर नगरपालिका – ९ खग्रौला चेक पोष्ट नजिकबाट लम्कीचुहा नगरपालिका – १ का २२ वर्षीय उपेन्द्र साउदलाई लागू औषध सहित पक्राउ गरिएको छ ।

भारतबाट सुपप्र ०१–००९ प ३४१६ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आईरहेको अवस्थामा चेकजाँच उनले मोटरसाइकलको सिट मुनी लुकाएर राखेको अवस्थामा ९ ग्राम ६८० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै लम्कीचुहा नगरपालिका २ मोतिपुर का २० वर्षीय रोशन शाहीलाई शंका लाहि चेकजाँच गर्दा उनको साथबाट २१० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको प्रहरीको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin