कंचनपुरको पुनर्वास नगरपालिका वडा नं १० स्थित नवयुग युवा क्लबको आयोजना र पुनर्वास वडा नं १० को आर्थिक सहयोगमा वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता र रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ अलंकार आधारभूत विद्यालय नजिकको खेल मैदानमा संस्थाका अध्यक्ष राजेश कुमार रानाको अध्यक्षता उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुनर्वास-१० का वडा अध्यक्ष सुकदेव राना , भलमन्सा , सुरक्षाकर्मी ,समाजसेवी ,बुद्धिजीवी ,स्थानीय र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
हामीले यो क्षेत्रलाई खेलको मध्यमबाट खेलाडीहरुलाई उत्पादन गर्नको लागि प्रतियोगिता आयोजना गरेका छौ । यसभन्दा अगाडी अन्य खेलहरुको पनि आयोजना गरेका थियौ भनेर प्रमुख अतिथी पुनर्वास-१० का वडा अध्यक्ष सुकदेव रानाले मन्तव्य व्यक्त गरेका हुन ।

वडा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता कार्तिक १४ गतेदेखि १७ गतेसम्म हुने बताएका हुन । भलिबल प्रतियोगितामा २६ वटा टिमहरु दर्ता भएका छन । प्रतियोगितामा बिजेतालाई ४० हजार ५५ रुपैया सहित ट्रफी ,प्रमाणपत्र , मेडल र उप-बिजेतालाई २० हजार ५५ रुपैया सहित प्रमाणपत्र , मेडल पुरस्कार दिइने बताएका हुन ।
सोही प्रतियोगिताको अन्तिम दिन रानाथारु हाजिरी जवाफ प्रतियोगिता-२०८१ कार्तिक १७ गते संचालन हुने बताएका छन । सो प्रतियोगितामा टिम दर्ता कार्तिक १६ गतेसम्म गराउन सकिने र दर्ता शुल्क १००० रुपैया रहेको छ । प्रतियोगितामा बिजेतालाई १५ हजार ५५ रुपैया , उप-बिजेतालाई १० हजार ५५ रुपैया र तेस्रो स्थानलाई ५ हजार ५५ रुपैया पुरस्कार दिइने छ भनेर आयोजकले बताएका हुन ।