५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

खबर सम्बाददाता २५ कार्तिक २०८१, आईतवार
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज ओझाको एकल इजलासले सो निर्णय गरेको हो। अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्।

रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।

उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ। कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin