रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले गरेका हुन् ।
एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ। जर्सिको कलर पहेँलो रहेको छ ।
जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए ।